२६ वर्षदेखि जेलमा रहेका गोन्जालोको जीवनरक्षाका लागि विश्वका दर्जन माअाेवादी पार्टीहरुले गरे यस्तो अपिल

आइतबार, २८ असोज २०७५, १९ : ३८
२६ वर्षदेखि जेलमा रहेका गोन्जालोको जीवनरक्षाका लागि विश्वका दर्जन माअाेवादी पार्टीहरुले गरे यस्तो अपिल

२६ वर्षदेखि अाजीवन कारावासमा रहेका पेरू कम्युनिस्ट पार्टीका नेता अविमाय गुंजमानकाे जीवन रक्षाका लागि विश्वका विभन्न क्रान्तिकारीहरूले अपिल गरेका छन् ।

कार्ल मार्क्सकाे २ सयाैं वर्षकाे अवसरमा यूराेपलगायत विश्वका एक दर्जन क्रान्तिकारी माअाेवादी संगठनहरूले यस्ताे अपिल गरेका हुन् । ‘अध्यक्ष गाेन्जालाेकाे जीवन रक्षामा माअाेवादकाे झन्डा उँचाे भयाे’ शीर्षकमा विश्वका क्रान्तिकारीहरूले लामाे विज्ञेप्ती निकालेर अपिल गरेका छन् ।

कम्युनिस्ट पार्टी अफ रेड सन, कम्युनिस्ट पार्टी अफ ब्राजिल (रेड फ्याक्सन), पेरू पिपुल्स मुभमेन्ट (रिअर्गनाइजेशन कमिटी), रेड फ्याक्सन अफ द कम्युनिस्ट पार्टी अ चिली, माअाेस्ट वर्गनाइजेसन फर द रिकन्स्टिच्युसन अफ द कम्युनिस्ट पार्टी अफ काेलम्बियालगायतले विज्ञेप्ती निकालेर माअाेवादकाे झण्डालार्इ दह्राेगरी समाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

त्यसैगरी न्युक्लस फर द रिकस्टिच्युसन अफ द कम्युनिस्ट पार्टी अफ मेक्सिकाे, रेड फल्याग कलेक्टिभ (फिनल्याण्ड) लगायत क्रान्तिकारीहरूले पनि गाेन्जालाेकाे जीवन रक्षाका लागि क्रान्तिकारीहरूले विश्वका विभिन्न ठाउँबाट संघर्ष गर्नुपर्ने बताएका छन् ।

सन् १९९२  मा पेरूकाे राजधानी लिमाबाट गिरफ्तारीमा परेका गाेन्जालाेलार्इ पेरूकाे सरकारले अाजिवन जेलमा राख्ने निर्णयका साथ उनी जेलमा बस्न बाध्य छन् ।

 

प्रतिक्रिया दिनुहोस