जनकपुर । मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवार गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा मन्त्री सिंहसहित तीनजना घाइते भएका छन्।
गएराति स्वास्थ्यमन्त्री सिंह सवार मधेस प्रदेश ०२-००१ झ-०१६५ नम्बरको गाडी खानेपानी डिभिजन कार्यालयको मधेस प्रदेश ०३-००१ झ-००९६ नम्बरको अर्को सरकारी गाडीमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए।
दुर्घटनामा घाइते भएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । एसपी तिवारीका अनुसार मन्त्री सिंहसहित तीनैजनाको अवस्था सामान्य रहेको छ ।
उपचारमा संलग्न चिकित्सकले उनको स्पाइनल हड्डीमा चोट लागेको बताएका छन्। गएराति करिब साढे नौ बजे जनकपुरस्थित रामानन्द चोकमा दुई गाडी आपसमा ठोकिएका हुन्।
दुर्घटनामा मन्त्री सवार गाडीका चालक र सुरक्षाकर्मी पनि घाइते भएका एसपी तिवारीले बताए। दुर्घटनामा परेकाे गाडीकाे अगाडिकाे भागमा क्षति पुगेकाे छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागार्जुन नगरपालिकामा गाडी पल्टियो, एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा २ युवकको मृत्यु, ४ घाइते
एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते
ट्याक्टर सहचालकको मृत्यु, चालक पक्राउ