ओखलढुंगा । ओखलढुंगाका रुम्जाटार विमानस्थलमा हवाई उडान पुनःसञ्चालनमा आएको छ। करिब पाँच वर्षपछि आइतबार रुम्जाटार विमानस्थलबाट पुनः उडान सुरु भएको हो।
विगतमा नियमित उडान हुँदा नेपाल एयरलाइन्सले काठमाडौँ–रुम्जाटार सेवा दिँदै आएको थियो। आइतबार समिट एयरलाइन्सले परीक्षण उडान गरेको छ।
काठमाडौँबाट चालक दलका चारसहित १८ यात्रु लिएर आएको समिट एयरले रुम्जाटारमा अवतरण गरेको थियो।
वर्षातका कारण आएको बाढीले बिपी राजमार्ग बन्द हुँदा सिधा सवारीमा यात्रा गर्ने सम्भावना नभएकाले रुम्जाटारमा विमान आउँदा स्थानीयलाई यात्रा गर्न सहज भएको छ।
यस विमानस्थलमा नियमित उडानको पहल गरिएको सांसद रामहरी खतिवडाले बताए।
अब प्रत्येक साताको आइतबार समिट एयर र बुधबार नेपाल एयरलाइन्सले सेवा दिने छन्। काठमाडौँ–रुम्जाटारको भाडा चार हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ असोज २०८१, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हवाई यात्रु भारततर्फ आकर्षित
नेपाल र स्विट्जरल्याण्डबीच हवाई सम्झौता, सातामा २८ उडान हुने