लागु औषधसहित दुई जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, १७ असोज २०८१, ०९ : २१
लागु औषधसहित दुई जना पक्राउ

काठमाडौँ । इलाका प्रहरी कार्यालय टिकापुरको अपराध अनुसन्धान शाखाबाट  खटिगएको प्रहरी टोलीले कैलाली टिकापुर नगरपालिका–०४ बाट अवैध लागु औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 

टिकापुर नगरपालिका–१ नयाँ बस्ती बस्ने वर्ष २१ का ध्रुव साउद र वर्ष २४ का देवराज साउद सत्तीलाई ३ ग्राम १२० मिलिग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको हो । 

दुबैजनालाई इलाका प्रहरी कार्यालय टिकापुरको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।