काठमाडौं। कतारका लगानीकर्ताले श्रमिक गन्तव्यको रूपमा मात्रै नभई नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक तथा वित्तीय संस्था सम्बद्ध सेवाहरू, जलविद्युत, पर्यटनलगायत क्षेत्रमा उनीहरूले रूचि देखाएका हुन् ।
'यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन,’ कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भने, हामी थप लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्ने छौं ।
नेपाल-कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरीय बैठकमा अध्यक्ष थानी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवं प्रतिनिधिमण्डलबीच बुधबार कतारको राजधानी दोहामा सम्पन्न बैठकमा आर्थिक सम्बन्ध विस्तारका विषयमा छलफल भएको हो ।
कतारका अमीर सेख तमीम बिन हमाद अल थानीको गत अप्रिल २३ र २४ मा सम्पन्न नेपाल भ्रमणका क्रममा महासंघ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो ।
काउन्सिलको पहिलो अध्यक्षस्तरीय बैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आ-आफ्नो नेतृत्वमा सदस्य नियुक्तगरी काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ । त्यसलगत्तै नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राखे । आगामी वर्ष उक्त कार्यक्रम आयोजना गर्ने सहमति पनि बैठकमा भएको हो ।
बैठकमा अध्यक्ष ढकालले नेपालमा वाह्य क्षेत्रमा स्थायित्व रहेको र कानुनहरूमा गरिएको सुधारले लगानीको अवसर जुट्दै गएको बताए । साथै उनले कतारका लगानीकर्ताहरूलाई नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, सीप विकासलगायत क्षेत्रमा पर्याप्त सम्भावना रहेकोले लगानीका लागि आह्वान गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ असोज २०८१, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह
राष्ट्रपति पौडेल कतारमा
कतारलाई हात्ती उपहार दिने तयारीप्रति बालेनले जनाए असन्तुष्टि
नेपाल र कतारबीच के के विषयमा भयो सम्झौता ?
नेपाल-कतारबीच ६ वटा विषयमा समझदारी
राष्ट्रपति पौडेलद्वारा कतारका राजाको सम्मानमा रात्रिभोज आयोजना