कर्णाली प्रदेशसभाको अधिवेशन आज अन्त्य हुँदै

सफल खबर संवाददाता

बुधबार, १६ असोज २०८१, ०९ : २७
कर्णाली प्रदेशसभाको अधिवेशन आज अन्त्य हुँदै

कर्णाली । कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ ।

प्रदेशसभाका सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेश प्रमुख यज्ञराज जोशीले अधिवेशन अन्त्य गरेको जानकारी दिइन् ।

सभामुख गुरुङले चालु अधिवेशनमा ३३ बैठक बसी ४६ घण्टा १५ मिनेट व्यतित गरेको बताइन् ।

अधिवेशन अन्त्यका लागि बसेको सभाको बैठकमा मुख्यमन्त्री यामलला कँडेलले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सबै निकाय प्रतिबद्धतापूर्वक लाग्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस