जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले एसईई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने घोषणा गरेका छन् । मुख्यमन्त्री सिंहले पत्रकार सम्मेलन गरेर एसईई परीक्षा प्रक्रियामा सामेल नहुने घोषणा गरेका हुन् । उनले केन्द्राध्यक्ष चयन प्रक्रिया आफूले भनेअनुसार नगरिएकोमा आपत्ति जनाएका छन् ।
उनले संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य, समन्वय र सहअस्तित्व भविष्यमा सुदृढ हुने अपेक्षा गर्दै यसपटकको एसइई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने जानकारी गराए ।
मुख्यमन्त्री सिंहले आठै जिल्लाका एसईई परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको भेला बोलाएर गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्न आदेश दिएका थिए । तर, त्यसविपरित केन्द्राध्यक्ष छानिएको भन्दै उनको असन्तुष्टि थियो ।
मुख्यमन्त्री सिंहले संघ र प्रदेशको निर्देशनविपरीत केन्द्राध्यक्ष तोकिएको विषयमा गहिरो छानबिन गरी त्यसभित्रका अन्तरवस्तु केलाए परीक्षा प्रणालीलाई मयार्दित बनाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ चैत्र २०८१, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका मुख्यमन्त्रीको सचिवालयले भन्यो- काठमाडौंमा कबाड व्यवसाय सञ्चालनमा अवरोध नगर्नू
सूचनाको हक कार्यान्वयनप्रति प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह
तत्काल प्रहरी समायोजन ऐन जारी गर्नुपर्छ : मुख्यमन्त्री सिंह
मधेसका मुख्यमन्त्री सिंहले दिए सुरक्षाकर्मीलाई उद्धारका लागि तयार रहन निर्देशन
मधेस प्रदेशको औद्योगिक विकासमा सघाउने मुख्यमन्त्रीको प्रतिबद्धता
कांग्रेस र एमालेले समर्थन गरेपछि मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत