मधेशका मुख्यमन्त्रीसहितका नेताले गरे यूपीका मुख्यमन्त्री आदित्यनाथसँग भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, ०८ चैत्र २०८१, १६ : ४१
मधेशका मुख्यमन्त्रीसहितका नेताले गरे यूपीका मुख्यमन्त्री आदित्यनाथसँग भेटवार्ता

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहित तराई–मधेशका केही नेताले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसँग भेटवार्ता गरेका छन् ।आदित्यनाथलाई भेट्न नेपालका नेताहरू यूपीको राजधानी लखनौं पुगेका थिए। 

मधेश प्रदेशका मुख्यमन्त्री सिंहसहितका नेताहरूले बिहीबार आदित्यथानलाई भेट गरेका हुन् । भेटमा नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद अभिषेकप्रताप साहलगायतका नेता उपस्थित थिए । 

मुख्यमन्त्री सिंहले आदित्यनाथलाई जानकी मन्दिरको तस्वीरसहितको फ्रेम उपहार दिँदै नेपाल भ्रमणको निमन्त्रण दिएका छन् ।​ राजावादीको कार्यक्रममा एक जना प्रदर्शनकारीले आदित्यथानको तस्वीरसहितको पोस्टर बोकेको विषय नेपालमा चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस