स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार सातौँ जित

सफल खबर संवाददाता

विहीबार, १० असोज २०८१, ०९ : ०८
स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार सातौँ जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार सातौँ जित निकालेको छ । गएराती सम्पन्न खेलमा गेटाफेलाई १–० गोल अन्तरले हराउँदै बार्सिलोना विजयी भएको हो ।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए । उनले खेलको १९औँ मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै सात खेलबाट बार्सिलोना २१ अंकसहित शीर्षस्थानमा रहेको छ । पराजित भएको गेटाफे ४ अंकका साथ १९औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको १७ अंक छ ।

प्रतिक्रिया दिनुहोस