काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज मूल्य थप बढेर १ लाख ५९ हजार २०० रुपैयाँ हुँदै नयाँ कीर्तिमान कायम भएको हो ।
अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको थियो ।यस्तै छापावाल सुन नै प्रति १० ग्राम १ लाख ३६ हजार ४९० रुपैयाँ कायम भएको छ । यसैबिच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।
अघिल्लो दिन तोलामा १ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असोज २०८१, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा १ लाख ९० हजार नाघ्यो, एकैपटक ३६०० बढ्यो
सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च
सुनको मूल्य फेरि बढ्यो, तोलामा १ लाख ८६ हजार पुग्यो