जबज नेपालको मौलिक राजनीतिक सिद्धान्त हो : ईश्वर पोखरेल

सफल खबर संवाददाता

आइतबार, ०६ असोज २०८१, १३ : ४३
जबज नेपालको मौलिक राजनीतिक सिद्धान्त हो : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) नेपालको मौलिक राजनीतिक सिद्धान्त भएको बताएका छन् ।

शनिवार ललितपुरको जाउलाखेलमा मदन भण्डारी फाउन्डेसनको रजत जयन्ती अवसरमा गरिएको मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरेलले नेपालको सन्दर्भमा मार्क्सवादलाई प्रयोग गर्दा विकसित भएको विचार जबज भएको बताए ।

‘जबजको विचार कतैबाट सापट लिएको विचार नभई आफ्नै देशमा अभ्यास गरेर विकसित भएको विचार हो’, कार्यवाहक अध्यक्ष पोखरेलले भने, ‘जनताको बहुदलीय जनवाद स्थापित भएपछि पनि बेलाबेला चुनौतीहरू आउने गरेका छन् ।’ उनले फाउन्डेसन राष्ट्रिय राजनीतिमा सही राजनीति दिशा निर्देश गर्ने गरी अगाडि बढ्नुपर्ने बताए ।

नेता पोखरेलले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नकारात्मक कुराहरूलाई मनन गरेर विकास भएको, दर्शन र सिद्धान्तले निकालेको निष्कर्षबाट जनताको बहुदलीय जनवाद सूत्रबद्ध भएको स्पष्ट पारे । जबजको आलोकमा समाजवादउन्मुख हुने बाटोमा मुलुक रहेको दाबी गर्दै उनले संविधान संशोधनको विषय सबैसँग छलफल गरेर सरकार अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस