काठमाडौ । समाजवादी मोर्चा नेपालले देशका सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर प्रदेश तहमा सभा, सम्मेलन, जनाधिकार, सामाजिक विकासलगायत विषयमा प्रशिक्षण छिट्टै सञ्चालन गर्न लागेको मोर्चाका नेता प्रमेश हमालले जानकारी दिए।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता हमालले मोर्चामा आबद्ध पार्टीका शीर्षनेताले प्रशिक्षण दिने कार्यक्रम तय भएको बताए।
वामपन्थी शक्तिलाई एकताबद्ध गरी एउटै र बलियो कम्युनिष्ट पार्टी बनाउने लक्ष्यसहित मोर्चा गठन भएको र मोर्चाले अनौपचारिक रूपमा ती समूहसँग छलफल गरिरहेको उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असोज २०८१, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी मोर्चाको बैठक सकियो
पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
समाजवादी मोर्चाको बैठक जारी
रत्नपार्कबाटअघि बढ्यो समाजवादी मोर्चाको जुलुस
समाजवादी मोर्चाको प्रदर्शन सुरु
भृकुटीमण्डपमा प्रचण्डसहित ४ नेताले मात्रै सम्बोधन गर्ने