काठमाडौं। गोरखा मिडियामा आएको सहकारीको पैसा अपचलनमा कारबाही सिफारिस भएका रास्वपा सभापति रवि लामिछानेले आफ्नो पेटमा सहकारीको एक रुपैयाँ नपरेको दाबी गरेका छन् । संसदीय समितिलाई दिएको बयानमा उनले सहकारी ठगीमा आफू निर्दोष रहेको दाबी गरेका हुन् ।
‘मेरो पेटमा सहकारीको एक रुपैयाँ पनि परेको छैन, मैले ऋण लिएको प्रमाण पनि छैन । मेरो बैंक खातामा कुनै सहकारीबाट रकम जम्मा भएको छैन,’ संसदीय छानबिन विशेष समितिले लिएको बयानमा ५१ औं प्रश्नको जवाफमा उनले भनेका छन्, ‘म निर्दोष छु ।’
संसदीय छानबिन समितिले सहकारीमार्फत गोरखा मिडियामा गएको ६५ करोड रुपैयाँमा गोरखा मिडियाका तत्कालीन सञ्चालक जीबी राई, छविलाल जोशी बन्जाडे, कुमार रम्तेल र लामिछानेलाई जिम्मेवार ठहर्याउँदै कारबाही सिफारिस गरेको छ ।उनले गोरखा मिडियम लिएको श्वेट शेयरको कानूनी प्रश्न समितिले उठाएको छ ।
लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेको समयमा सहकारीबाट आएको पैसा चेक काटेर बाँड्ने भूमिकामा थिए । ५ वटा सहकारीबाट आएको रकमबाट उनले आकर्षक सुविधा लिइरहेका थिए । तर उनले बयानमा सहकारीको एक रुपैयाँ पेटमा नपरेको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ असोज २०८१, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वापाद्वारा रवि लामिछानेको निलम्बन फुकुवा गर्न माग
रवि लामिछानेविरुद्धको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा
चितवन जिल्ला अदालतमा उपस्थित भए रवि लामिछाने
सभापति लामिछाने र सभामुख घिमिरेबिच भेटघाट
न्यायाधीश अधिकारीको इजलासमा रवि लामिछानेसहित ३९ जनासँग बयान सुरू
रवि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित नहुने