बेरुत । लेबनानका बासिन्दाहरूमा यतिबेला विद्युतीय उपकरणले त्रास बढाएको छ । लगातार दुई दिनसम्म पेजर वा वाकीटकी पड्किँदा ३२ जनाको मृत्यु र ३ हजार ५०० भन्दा धेरै घाइते भएको घटनापछि फोन वा अन्य उपकरणहरू पनि पड्किने हो कि भन्ने भयमा लेबनानबासीहरू छन् । यी घटनामा सयौँ गम्भीर घाइते भएका छन् ।
मंगलबारको शृङे्खलाबद्ध पेजर विष्फोटको घटनामा मृत्यु भएकाहरूको समवेदनाका लागि जम्मा भएकाहरूको हुलमा बुधबार वाकी टकी पड्किएको थियो ।
यी घटनापछि बेरुतको विमानस्थलमा वाकी–टकी र पेजरमा प्रतिबन्ध लगाइएको छ। हजारौँ विस्फोटका घटनापछि लेबनानबासीहरू भयले आक्रान्त बनेका छन् ।
यी घटनाहरूबाट महिला, बालबालिका र वृद्धवृद्धाहरू सशंकित बनेका छन् । अधिकांश मानिसहरूमा आफूले बोकिरहेको अन्य कुनै उपकरण त पड्किने होइन भन्ने भय, डर र द्विविधा बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असोज २०८१, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्ति सैनिकमाथि लेबनानमा प्रदर्शनकारीको आक्रमण, नेपाली सेनाका उपरथी घाइते
लेबनानको राष्ट्रपतिमा प्रधान सेनापति जोसेफ निर्वाचित
इजरायलले लेबनानमा गरेको आक्रमणमा २३ जनाको मृत्यु
लेबनान छोड्न आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह
इजरायल र लेबनानको सीमामा अमेरिका र ईयूको २१ दिने युद्धविरामको प्रस्ताव
तीन दिनमा लेबनानबाट ९० हजार बढी मानिस विस्थापित