श्रीलंकाको प्रस्तावित राजदूत भट्टराईको शैक्षिक योग्यता भेटिएन

सफल खबर संवाददाता

विहीबार, ०३ असोज २०८१, १४ : १३
श्रीलंकाको प्रस्तावित राजदूत भट्टराईको शैक्षिक योग्यता भेटिएन

काठमाडौं । श्रीलंकाको लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको स्नातक पास भएको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि नाम अनुमोदन गर्ने कि नगर्ने भन्नेमा अन्यौलता देखिएको छ ।

विभिन्न १७ देशको राजदूतमा सिफारिस भएकाहरुको सम्बन्धनमा निर्णय लिन बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकमा भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएको हो ।

समितिको बिहीबारको बैठकमा सभापति ईश्वरीदेवी न्यौपानेले श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको स्नातक गरेको प्रमाणपत्र नभेटिएको अवस्थामा के गर्ने भनी समिति सदस्यहरूलाई छलफल गर्न भनेकी छन् । उनलाई राजदूतमा अनुमोदन गर्दा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ विपरीत हुने कि नहुने भन्ने विषयमा छलफल भइरहेको छ ।

राजदूतको नियुक्ति सम्बन्धी निर्देशिकामा राजदूत हुनका लागि स्नातक पास गरेको हुनुपर्ने उल्लेख गरेको छ । सरकारले गत साउन १५ गते भट्टराईसहित १७ जनालाई राजदूतमा सिफारिस गरेको थियो । उनी नेपाली कांग्रेसको कोटाबाट राजदूत सिफारिस भएका हुन् ।

प्रतिक्रिया दिनुहोस