प्रस्तावित प्रधान न्यायाधीश राउत र दुई राजदूत उपर सार्वजनिक उजुरी आह्वान

सफल खबर संवाददाता

विहीबार, ०३ असोज २०८१, १२ : ५२
प्रस्तावित प्रधान न्यायाधीश राउत र दुई राजदूत उपर सार्वजनिक उजुरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधान न्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ ।

बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्र लेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको उपर सार्वजनिक उजुरी आह्वान गर्ने गर्ने निर्णय गरेको हो ।

समिति बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सो प्रस्ताव पारित भएसँगै उनले सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस