वासिङ्टन डीसी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका तर्फबाट नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले आउँदो हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भएका छन् ।
मोदी आगामी हप्ता तीन दिने अमेरिका भ्रमणमा जाँदैछन् । उनी सेप्टेम्बर २१ देखि २३ गतेसम्म अमेरिका भ्रमणमा रहनेछन् । यसै क्रममा मोदीसँग आफूले भेट्ने ट्रम्पले भनेका छन् । भेटघाटबारे ट्रम्पले धेरै जानकारी उपलब्ध गराएका छैनन् । मोदी अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्न लागेको क्वाड सम्मेलनमा भाग लिन अमेरिका जान लागेका हुन् ।
क्वाड लिडरहरूको सम्मेलनमा नरेन्द्र मोदी बाहेक अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानीज र जापानी प्रधानमन्त्री फुमियो किशिदा पनि सहभागी हुनेछन् । चार नेताहरूको यो चौथो शिखर सम्मेलन हो । सम्मेलनमा नेताहरूले विगत एक वर्षमा भएका कामको प्रगतिको समीक्षा गर्नेछन् ।
यसमा नेताहरूले इन्डो–प्यासिफिक क्षेत्रका देशहरूलाई उनीहरूको विकास लक्ष्यहरू पूरा गर्न मद्दत गर्न आगामी वर्षको एजेन्डा तय गर्नेछन् । आगामी वर्ष हुने क्वाड सम्मेलनको आयोजक भारत हुनेछ । क्वाड समूहमा भारत, अमेरिका, जापान र अस्ट्रेलिया रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असोज २०८१, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२४ घण्टामै युक्रेन युद्ध सल्टाउँछु भनेर ठट्टामा भनेको थिएँ : ट्रम्प
हमासले बन्धकलाई रिहा नगरे ‘नारकीय’ परिणाम भोग्न तयार हुनुपर्ने: ट्रम्प
ट्रम्पले आज संसद्लाई सम्बोधन गर्ने
ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त
डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई किन दिए चेतावनी ?
ट्रम्पले ल्याए कर्मचारी कटौती प्रस्ताव