काठमाडौं । सत्तासिन दुई दल मध्ये कांग्रेस घाटामा चलिरहँदा एमाले भने नाफामा छ । एमालेसँग ७ करोड भन्दा बढी रकम आर्थिक वर्ष २०८०/०८१ मा बचत देखिएको छ ।
उसले आम्दानी मात्रै यो आर्थिक बर्षमा अन्य दलको तुलनामा झण्डै दोब्बरले गरेको थियो ।
एमालेले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख पाँच हजार ८०९ रुपियाँ आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्ष (आव २०७९/८०) मा करिब दुई करोड ६२ लाख ८४ हजार रुपियाँले घाटामा रहेको एमालेले पछिल्लो वर्षमा आम्दानी बढाएर पार्टीलाई बचतमा लगेको हो । यस वर्ष करिब सात करोड २८ लाख रुपियाँले एमाले बचतमा छ ।
एमाले अन्य राजनीतिक दलको तुलनामा चन्दा उठाउनेमा पनि अब्बल देखिएको छ । अन्य राजनीतिक दलको तुलनामा एमालेको आम्दानी बढ्नुमा चन्दा पनि प्रमुख स्रोत देखिएको छ । त्यस आलावा आम्दानीको स्रोतमा एमालेले लेवीलाई प्रमुख आधार भएको बताएको छ । पार्टी सदस्यबाट नियमित लेवी, ५ हजार ब्यक्तिसँग ५ हजार अभियान, चन्दा लगायतलाई उसले आम्दनीको प्रमुख स्रोत भएको बताएको छ ।
नेपालका राजनीतिक दलहरुमध्ये एमाले मात्रै अहिले वचतमा देखिएको पार्टी हो । अन्य पार्टीहरु सबैजसो घाटामा रहेको ती दलहरुले निर्वाचन आयोगमा बुझाएको प्रतिवेदनमा देखिन्छ । सरकारमै रहेको अर्काे दल कांग्रेस भने झण्डै साँढे दुई करोडले घाटामा रहेको तथ्यांक छ ।
उसले दुई करोड ३२ लाख ४७ हजार ५९९ रुपियाँले घाटामा पार्टी रहेको तथ्यांक निर्वाचन आयोगमा देखाएको छ । कांग्रेसले आव २०८०/८१ मा दुई करोड ५९ लाख आठ हजार ७७५ रुपियाँ आम्दानी गरेको छ । उसको खर्च चार करोड ९१ लाख ५६ हजार ३७५ रुपियाँ छ ।
कांग्रेसको आम्दानीको प्रमुख स्रोत चन्दा र सहयोग छ । उसले एक करोड ७३ लाख ९४ हजार ४३९ रुपियाँ चन्दा तथा सहयोगबाट प्राप्त गरेको छ । सदस्यता, लेबी र नवीकरण शुल्कबाट कांग्रेसले करिब ७१ लाख जम्मा गरेको दावी गरेको छ ।
प्रमुख प्रतिपक्षी दल माओवादी पनि घाटामा नै छ । यद्यपी उसको आम्दानी र खर्च करिव बराबर जस्तै छ । थोरै मात्र माओवादी घाटामा देखिएको छ ।
नेकपा (माओवादी केन्द्र) ले आव २०८०र८१ मा एक करोड ८६ लाख ५३ हजार १४६ रुपियाँ आम्दानी गरेको जनाएको छ । माओवादीलाई २ हजार ४४३ रुपैयामात्र घाटा छ । आम्दानी बराबर खर्च भएको र सामान्य अंकमा मात्र माओवादी घाटामा रहेको निर्वाचन आयोगमा बुझाएको विवरणमा देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने आम्दानीको दोब्बर खर्च गरेको छ । उसले आव २०८०/८१ मा तीन करोड ७९ लाख ५९ हजार ४८७ रुपियाँ आम्दानी गरेको छ । छ करोड ५० लाख १७ हजार ७८ रुपियाँ उसको खर्च छ । एक करोड ६९ लाख ३० हजार ३७६ रुपियाँले घाटामा गएको राष्ट्रिय स्वतन्त्र पार्टीले आव २०७९र८० मा करिब पाँच करोड ४८ लाख रुपियाँ आम्दानी गरेको थियो ।
नेकपा (एकीकृत समाजवादी) ३२ लाख ८६ हजार रुपौयाले घाटामा छ । उसले चार करोड २४ लाख ५३ हजार ६९१ रुपियाँ आम्दानी गरेको तथ्यांक छ । तर खर्च भने उसले आम्दानी भन्दा बढी गरेको छ । एकीकृत समाजवादीको खर्च चार करोड ५७ लाख ४० हजार रुपियाँ छ । आर्थिक बर्ष २०८०/०८१ मा घाटामा रहेपनि अघिल्लो आथिर्क वर्षमा एकीकृत समाजवादी बचतमा थियो । त्यस आधामा एकीकृत समाजवादी भने अझै बचतमा नै छ । अघिल्लो २०७९/८० को मौज्दातबाट घाटा कट्टी गराएको एकीकृत समाजवादी हाल ९९ लाख ६१ हजार ५८३ रुपियाँले बचतमा छ ।
अन्य राजनीतिक दलहरु पनि आम्दानीको तुलनामा घाटामा रहेको आयोगमा बुझाएको प्रतिवेदनमा उल्लेख छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले आव समाप्त भएको छ महिनाभित्र राजनीतिक दलले आयव्ययको लेखा परीक्षण गर्नुपर्ने र सोको एक महिनाभित्र निर्वाचन आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था अनुसार दलहरुले निर्वाचन आयोगमा बुझाएको प्रतिवेदनका आधारमा एमाले मात्रै अहिले नाफामा रहेको पार्टी देखिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेश अघि नबढेपछि एमालेले बोलायो सचिवालय बैठक
कांग्रेस-एमालेमा महाधिवेशन : देउवा पछि धकेल्ने, ओली अघि सार्ने योजनामा
एमाले महासचिव र रुसी कुटनैतिक अधिकारीबीच भेट
अध्यादेशबारे विपक्षीले अनावश्यक भ्रम सिर्जना गरे : एमाले
पाँच जना नेता एमालेबाट निष्कासित
यस्तो छ एमाले सचेतक बरालले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव (पूर्णपाठ)