८७ मेगावार्टको लान्द्रुक मोदीमा जुट्यो लगानी, माछापुच्छ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने

सफल खबर संवाददाता

सोमबार, ३१ भदौ २०८१, १३ : ४५
८७ मेगावार्टको लान्द्रुक मोदीमा जुट्यो लगानी, माछापुच्छ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावार्टको लान्द्रुक मोदी जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।

आयोजनामा माछापुच्छ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने गरी वित्तिय व्यवस्थापन सम्पन्न भएको हो । आयोजनाको प्रवर्धक कम्पनी अन्नपुर्ण विद्युत विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुच्छ्रे बैंकको तर्फबाट बिनित कुमार झाले लगानी सम्झौतामा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंग्याएका हुन् । १६ अर्व ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरुले ७५ प्रतिशत अर्थात १२ अर्ब २० करोड लगानी गर्ने छन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रो सहित प्रबर्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताहरुले व्यवस्थापन गर्ने सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जनाएको छ ।

आयोजनामा ग्लोवल आइ एम इ, एभरेष्ट, एसबिआई, कृषि विकास र लुम्बीनी विकास बैंक समेत सहभागी हुनेछन् । उक्त आयोजनाको हेडवक्स देखि विद्युत गृहसम्मको बास्तविक उचाई १४ सय १८ मिटर रहेको छ । नेपाली जलविद्युत आयोजनाहरुमा यो लेभलको उचाई सबै भन्दा धेरै भएको बताइएको छ । नेपाल विद्युत प्राधिकरणसँग यस अघिनै विद्युत खरिद सम्झौता पिपिए भैसकेको यो आयोजनामा आगामी कात्तिक महिनाबाट भौतिक निर्माणको काम सुरु हुने प्रबर्धक कम्पनी अन्नपुर्ण विद्युत विकास प्रा.लि. ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस