काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा समिति सभापतिको निर्वाचन हुनेछ ।
सभापतिका लागि नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवारी दिएका छन् । एमालेले तुलसाकुमारी दाहाललाई उम्मेदवार बनाएको छ भने एकीकृत समाजवादीले जयन्तीदेवी राईलाई सभापतिको उम्मेदवार बनाएको छ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पनि सभापतिको निर्वाचन हुनेछ ।
समितिको सभापतिका लागि नेकपा (माओवादी केन्द्र) को एकल उम्मेदवारी परेकाले माओवादी केन्द्रको तर्फबाट मायाप्रसाद शर्मा निर्विरोध चयन हुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ भदौ २०८१, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुने घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिको निर्देशन
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
पाँच वटा संसदीय समितिको बैठक बस्दै
शिक्षा विधेयकमा सहमति जुटाउन उपसमिति बनाउँदै संसदीय समिति
आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसदीय समिति बैठकमा पानीजहाज सञ्चालन र व्यवस्थापन विधेयकमा छलफल हुँदै