धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही भदौं ३१ गते बजेट ल्याउने बताएका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले भदौ ३१ गते बजेट ल्याउने बताएका हुन् ।
तत्कालीन सरकारले गत असार १ गते प्रदेश सभामा पेस गरेको बजेटमा सामान्य पुनरावलोकन गरेर चालु वर्षको बजेट ल्याउने उनले बताए । ‘संवैधानिक र कानुनी प्रक्रियामा रहेर नै बजेट आउँछ,’ शाहले भने,’यसअघिकै नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट आउँछ ।’
सरकारले बनाएको मापदण्डका आधारमा बजेट ल्याइने शाहको भनाइ छ । सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी योजना छनोट गर्ने, कम बजेट विनियोजन गर्नुपर्ने योजना सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने मापदण्ड बनाएको छ ।
तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले असार १ गते प्रदेश सभामा बजेट पेस गरेको थियो तर राजनीतिक समीकरण फेरिएपछि बजेट पारित हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ भदौ २०८१, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने छ : प्रदेश प्रमुख मियाँ
सुदूरपश्चिममा भोली सार्वजनिक बिदा
सुदूरपश्चिममा मुख्यमन्त्रीले बोलाएको बैठक निष्कर्षविहीन
स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारीले दिए धर्ना
सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
सभापति चयनका लागि तय भएको विषयगत समितिको निर्वाचन स्थगित