काठमाडौं । नेपाल प्रहरीमा २ सय ५६ सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)का लागि जागिर खुलेको छ । इन्स्पेक्टरतर्फ ३५ खुला, १ अमर/अशक्त प्रहरी परिवार, ६ महिला, ९ आदिवासी/जनजाती, ८ मधेशी, ४ दलित र १ जना पिछडिएको क्षेत्रका लागि कोटा छ।
स्नातक वा सोसरह उत्तीर्णले २० वर्ष पुगेको र २५ वर्ष ननाघेको भए आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालयले जानकारी दिएकाे छ । तर प्रहरी सेवामै रहेकाको हकमा ३५ वर्ष ननाघेको हुनुपर्ने छ । दरखास्त शुल्क १२ सय रुपैयाँ तोकिएको छ।
यस्तै असईतर्फ खुलामा एक सय ३८, (५ जना अमर/अशक्त प्रहरी परिवार), २३ महिला, ३६ आदिवासी/जनजाती, ३१ मधेशी,१७ दलित र ६ जना पिछडिएको क्षेत्रका लागि कोटा तोकिएको छ। जसका लागि न्यूनतम योग्यता प्लस टु वा सोसरह उत्तीर्ण हुनुपर्ने छ।
कार्यालयले जनाए अनुसार असोज ३० गतेसम्म दरखास्त दिन सकिने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ भदौ २०८१, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीमा रोजगारको अवसर
प्रहरी विधेयकका प्रावधान सच्याउन राजनीतिक दलमाथि दबाब
नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस
प्रहरीका १७ एसपीको सरुवा, को कहाँ पुगे ?
१५ प्रहरी २ महिनादेखि सम्पर्कविहीन
चितवनमा एक युवकमाथि प्रहरीबाटै निर्घात कुटपिट, छानबिन समिति गठन