ग्लोबल आइएमई बैङ्क ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

सफल खबर संवाददाता

विहीबार, २७ भदौ २०८१, २१ : २९
ग्लोबल आइएमई बैङ्क ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेड ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत वेस्ट बैङ्क नेपाल र वेस्ट बैङ्क ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । बिहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागेजिनका प्रतिनिधिले बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरे।

सन् १९९२ मा युरो मनी म्यागेजिनद्वारा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैङ्कले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, बैङ्किङ क्षेत्रमा भित्र्याएको नयाँ नयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरूमा बैङ्कले गरेको लगानी तथा बैङ्कको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।

युरो मनी म्यागेजिन बैङ्किङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैङ्क तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।

यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैङ्क दोस्रो पटक वेस्ट बैङ्क नेपाल अवार्डबाट सम्मानित भएको हो । 

प्रतिक्रिया दिनुहोस