काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले हवाई यात्रुहरूको बिदाइमा खादा तथा माला नल्याउन आग्रह गरेको छ ।
यात्रुले विमानस्थलस्थित आन्तरिक तथा वाह्य टर्मिनल भवन प्रवेश गर्दा बिदाइ स्वरूप साथमा लगाई आउने वा ब्यागमा झुन्ड्याई बाँधी ल्याइने खादाकै कारण विमानस्थलको सुरक्षा उपकरणमा गम्भीर क्षति पुगेको भन्दै ती सामग्री निषेध गरेको हो ।
सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरू (एक्स-रेहरू), कन्भेयर बेल्ट तथा स्केलेटरहरूमा अड्किएर उपकरणहरूलाई गम्भीर क्षति पुर्याएकाले बाहिर देखिने गरी नल्याउन कार्यालयले आग्रह गरेको हो ।
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुले माला/खादा विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ भदौ २०८१, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइकर्मीको आन्दोलन, फोहरका थुप्रोले यात्रु हैरान
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १६ घण्टा सञ्चालनमा आउने
त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द हुने
त्रिभुवन विमानस्थलमा अतिरिक्त भत्ता दिएर कर्मचारी खटाइने
गृह मन्त्री लेखकद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक अनुगमन