काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुख इन्दिरा राना मगरको विषयमा छलफल गरेको जानकारी दिएका छन् ।
बुधवार बसेको सचिवालय बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफूले प्रधानमन्त्रीलाई भेटेर गलत बाटो नरोज्न अनुरोध गरेको जानकारी दिए ।
‘प्रेमसँग मैले गलत गर्दै हुनुहुन्छ भनेर भेटेर भनेको हो । जे सोँचेको छ त्यो सत्य हो भने घातक हुन्छ भनेर मैले भनेर आएको हो‚’ उनले भने । जवाफमा ओलीले आफू नेपाली कांग्रेस सहितका दलसँग छलफलमा रहेको प्रतिक्रिया दिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ भदौ २०८१, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट
रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन् : हरि ढकाल
रवि र छविको मुद्दामा बहस सकियो, शुक्रबारै आदेश आउने
नाङ्गो भइसकेको तीनकुने घटनाझैँ सरकारले ममाथिको पर्साको मुद्दा लुकाएको भन्ठान्छ: रवि लामिछाने
सभामुखलाई रविले भने : मेरो सांसद पद निलम्बन फुकुवा गरियोस्