कमलालाई समर्थन गरेर पुटिनले आफ्नो अपमान गरेको ट्रम्पको गुनासो

सफल खबर संवाददाता

आइतबार, २३ भदौ २०८१, ११ : २६
कमलालाई समर्थन गरेर पुटिनले आफ्नो अपमान गरेको ट्रम्पको गुनासो

काठमाडौं । अमेरिकी राष्ट्रपति उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूलाई समर्थन नगरेर प्रतिस्पर्धी कमलालाई गरेकोमा गुनासो गरेका छन् ।

आफूलाई समर्थन नगरेर कमलालाई गरेपछि आफू धेरै अपमानित भएको ट्रम्पले बताएका छन् । शनिवार अमेरिकाको विस्कन्सिनमा भएको एक चुनावीसभामा उनले आफूले पुटिनलाई चिनेको, पुटिनले आफूलाई चिनेको तर कमलालाई समर्थन गरेको भन्दै ट्रम्पले भने, ‘उनले किन कमलालाई समर्थन गरे मलाई अचम्म लागेको छ ।’

ट्रम्पले सबै अमेरिकी चुनावमा रुसी हस्तक्षेप भएको हल्ला मात्रै गरिएको भन्दै आलोचना पनि गरेका छन् ।केहि दिन अगाडि रुसमा भएको इस्टर्न इकोनोमिक फोरममा बोल्दै पुटिनले आफूलाई कमलाको हाँसो राम्रो लाग्ने भन्दै उनलाई समर्थन गर्ने बताएका थिए ।

उनले ट्रम्पलाई समर्थन नगरे पनि कसलाई चुन्ने भन्नेमा अमेरिकी जनताको हात हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस