काठमाडौँ । नेपाल समाजवादी पार्टीका संयोजक डा.बाबुराम भट्टराईले रैथाने कृषि हाटबजारको प्रवद्र्धनमा राज्यको ध्यान पुग्नुपर्ने बताएका छन् । शनिबार काठमाडौँको दरबारमार्गमा लाग्ने रैथाने कृषि हाटबजारको अवलोकन गर्दै उनले सो कुरा बताएका हुन् ।
हाटबजार मेलाको अवलोकनपछि उनले व्यवसायीहरूसँग छलफल समेत गरेका थिए । छलफलपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भट्टराईले भनेका छन्– ‘काठमाण्डौ दरबारमार्गमा प्रत्येक शनिबार विहान लाग्ने रैथाने कृषि हाटबजारमा किनमेल तथा व्यवसायीहरूसँग छलफल। यस्ता हाटबजारको प्रबर्धनमा राज्यका सबै तहको ध्यान पुगोस्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ भदौ २०८१, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ पार्टी खोल्दैमा वैकल्पिक बनिँदैन : डा.बाबुराम भट्टराई
डा. बाबुराम भट्टराईबारे लेखिएको “द भिजनरी रिबेल” पुस्तक लोकार्पण