हेटौंडा र उदयपुर सिमेन्टको सेयर निजी क्षेत्रलाई बेच्न सुझाव

सफल खबर संवाददाता

शुक्रबार, २९ चैत्र २०८१, १४ : २५
हेटौंडा र उदयपुर सिमेन्टको सेयर निजी क्षेत्रलाई बेच्न सुझाव

काठमाडौं । पूर्णसरकारी स्वामित्वका दुई सिमेन्ट उद्योगको सेयर निजी क्षेत्रलाई बेच्न सिफारिस गरिएको छ ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगको मूल्यांकन (डीडीए) गरेर गाभ्ने अनि सरकारको केही हिस्सा मात्रै राखेर निजी क्षेत्रलाई सेयर बिक्री गर्न सुझाव दिएको हो ।

केही महिनायता दुवै उद्योगको उत्पादन ठप्प छ ।

प्रतिक्रिया दिनुहोस