गोविन्द कार्की सचिवमा बढुवा

सफल खबर संवाददाता

विहीबार, २० भदौ २०८१, २० : २४
गोविन्द कार्की सचिवमा बढुवा

काठमाडौँ । सरकारले सहसचिव गोविन्द कार्कीलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि डा. कमल प्रसाद पोखरेल, गोविन्द कार्की र महादेव पन्थको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस