काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई तत्काल जग्गा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका लिङ्देनले प्रत्यारोपण केन्द्रले निकै राम्रो काम गरिरहेको बताए । सरकारले जग्गा उपलब्ध गराउने हो भने ६ महिनामा ३०० बेडको संरचना बनाउने र अहिले दिइराखेको सेवामा उल्लेख्य वृद्धि हुने केन्द्रको दाबी रहेको उनले सुनाए ।
त्यही नजिकै जग्गा छ भक्तपुर इँटा टायल कारखानाको जग्गा समेत रहेको भन्दै लिङ्देनले भने, ‘यो संवेदना सबभन्दा बढी प्रधानमन्त्रीमा हुनुपर्छ । किनकि उहाँ अंग प्रत्यारोपण गरेको व्यक्ति हुनुहुन्छ । अरूको संवेदनालाई बुझेर कुनै तर्क नगरी प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउन आग्रह गर्दैछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा आगामी निर्वाचनमा पहिलो पार्टी बन्छ : राजेन्द्र लिङ्देन
गोल्डस्टार जुत्ता लगाउने राजेन्द्र लिङ्देनको जीवनशैलीमाथि प्रश्न
सरकारमा जाने/नजाने परिस्थितिले निर्माण गर्छ : राजेन्द्र लिङ्देन
सौर्यको जहाज दुर्घटनाप्रति निष्पक्ष छानबिन हुनेमा लिङदेनको आशंका
देश चलाउने मौका हामीले पाए भ्रष्टाचारीमाथि डोजर चलाउँछौँ : राजेन्द्र लिङ्देन
प्रधानमन्त्रीज्यू गल्ती सच्याउँछु भन्दा पनि नपाउने परिस्थिति आउन सक्छ : राजेन्द्र लिङ्देन