काठमाडौँ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राजदूत सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।
मंगलबार बसेको समितिको बैठकले नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था र राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ सम्झाउँदै सरकारलाई राजदूत नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्तमा ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
मन्त्रिपरिषद्ले राजदूत नियुक्ति सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई बेवास्ता गरेको भन्दै प्रश्न उठ्दै आइरहेको छ । समितिले मंगलबार परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणको विषयमा मन्त्री देउवा र परराष्ट्र सचिव सेवा लम्सालसँग छलफल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन वटा संसदीय समितिको बैठक बस्दै
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तीनकुने घटनामा मानव अधिकारको गम्भीर उल्लंघन : संसदीय समिति
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तीन संसदीय समितिको बैठक बस्दै