गजुरीमा पहिरो खसेपछि पृथ्वीराजमार्ग प्रभावित

सफल खबर संवाददाता

सोमबार, १७ भदौ २०८१, ०८ : ५७
गजुरीमा पहिरो खसेपछि पृथ्वीराजमार्ग प्रभावित

काठमाडौं । धादिङको गजुरीमा पहिरो खसेपछि पृथ्वीराजमार्ग प्रभावित भएको छ ।

गजुरी गाउँपालिका-६ बेल्खुस्थित सडकमा माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ ।

बिहान ८ बजे सडकमा लेदो माटो खसेपछि सवारीसाधन आवागमन प्रभावित भएको ‍इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार अहिले सडकमा खसेको लेदो हटाउने काम भइरहेको छ ।

सुरक्षाकर्मी र सडक विभागको टोलीले डोजरको प्रयोग गरेर लेदो हटाइरहेको प्रहरीले जनाएको छ । सडक केही समयमै पूर्णरुपमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस