मुना पाण्डेको हत्या आरोपी शाहलाई धरौटीमा छाड्न अदालतको अस्वीकार

सफल खबर संवाददाता

बुधबार, १९ भदौ २०८१, ०७ : ००
मुना पाण्डेको हत्या आरोपी शाहलाई धरौटीमा छाड्न अदालतको अस्वीकार

काठमाडौँ ।  अमेरिकाको टेक्सस राज्यको ह्युसटनमा २१ वर्षीय नेपाली विद्यार्थी मुना पाण्डेका हत्याका आरोपी बबि सिंह शाहलाई धरौटीमा छाड्न अदालतले अस्वीकार गरेको छ ।

शाहलाई मंगलबार ह्युस्टन अदालतमा पेस गरिएको थियो । स्थानीय पत्रिका क्लिक२ह्युस्टनका अनुसार अदालतका कागजातहरूमा हत्याका अभियुक्त ५१ वर्षीय शाह  र २१ पाण्डेबिचको सम्बन्धबारे नयाँ विवरण पत्ता लागेको छ । अदालतको अभिलेख अनुसार एक वर्षअघि पाण्डेले काम गर्ने चमेना गृहमा शाह पटक पटक आउने गरेको पत्रिकाले जनाएको छ ।

प्रारम्भिक बयानका क्रममा शाहका वकिलले आफ्ना ग्राहक शतप्रतिशत निर्दोष रहेको र आफूलाई निर्दोष साबित गर्न उत्साहित रहेको बताएका थिए । 'हामी कानुनको अदालतमा उनको निर्दोषता प्रमाणित गर्न तत्पर छौँ,' रक्षा अधिवक्ता विल्विन जे कार्टरले भने।

यद्यपि सरकारी वकिलहरूले डिसेम्बरमा अर्को सुनुवाइ नभएसम्म शाहको जमानत अस्वीकार गर्न अनुरोध गरेका थिए । 

मुना नेपालको भोजपुरकी स्थायी बासिन्दा हुन् । मुना नर्सिङ पढिरहेकी थिइन् । उनी सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस