एआईजी ज्ञवालीसहित ५ प्रहरी अधिकृतहरूको रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा

सफल खबर संवाददाता

विहीबार, १३ भदौ २०८१, ११ : ३४
एआईजी ज्ञवालीसहित ५ प्रहरी अधिकृतहरूको रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा

काठमाडौँ । नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना उच्च प्रहरी अधिकृतरुले दायर गरेको रिट निवेदनको पेसी न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा परेको छ ।  सर्वोच्च अदालत प्रशासनका अनुसार न्यायाधीश सुवेदीको इजलासमा प्रारम्भिक सुनुवाइ गर्नेगरी पेसी तोकिएको हो ।

प्रदेश समन्वय विभागका प्रमुख ज्ञवाली, मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल, अन्य दुई जना डीआईजी केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले बुधवार रिट दायर गरेका थिए ।

निवेदकहरूले उमेरहदका कारण अवकाश नगर्न माग गरेका छन् । प्रहरी नियमावली–२०७१ अनुसार दर्जागत उमेरका कारण अवकाशमा जाने व्यवस्था छ । 

उच्च प्रहरी अधिकृतहरूले सो व्यवस्था हटाउन माग गरेका छन् । प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजीहरु ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् । श्याम ज्ञवाली ५६ वर्षे उमेर हद पुरा गरेर भदौ २५ मा अवकाशमा जाँदैछन् । 

प्रतिक्रिया दिनुहोस