स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड र इस्पान्योल बराबरीमा

सफल खबर संवाददाता

विहीबार, १३ भदौ २०८१, ०८ : ५२
स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड र इस्पान्योल बराबरीमा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड र इस्पान्योलले बराबरी खेलेका छन् ।

गएराति एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

एट्लेटिको मड्रिडका रोड्रिगो रिक्विल्मीले खेलको ५४औँ मिनेटमा गोल गरेको भए पनि भिएआरले मान्यता नदिएपछि इस्पान्योलसँग गोलरहित बराबरीमा चित्त बुझाउनु प¥यो ।

यो बराबरीसँगै तीन खेलबाट एट्लेटिको मड्रिड ५ अंकसहित तालिकाको चौथो स्थानमा छ । एट्लेटिकोले यसअघिका दुईमा एकमा जित र एकमा बराबरी गरेको थियो । इस्पान्योल भने १ अंक जोडेर १८औँ स्थानमा छ

यस्तै, आजै राति भएको खेलमा डिपोर्टिभो अलाभेस विजयी भएको छ । डिपोर्टिभोले रियाल सोसिडाडलाई २–१ गोलले हराएको हो ।

योसँगै डिपोर्टिभो अलाभेस ४ अंकसहित नवौँ स्थामा छ भने ३ अंक भएको सोसिडाड १२औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस