अन्तिम समयमा ३.८० अंकको वृद्धि भएर बन्द भयो सेयर बजार

सफल खबर संवाददाता

बुधबार, १२ भदौ २०८१, १५ : ४५
अन्तिम समयमा ३.८० अंकको वृद्धि भएर बन्द भयो सेयर बजार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार बढेको छ । बुधबार नेप्से परिसूचक ३.८० अंकले बढेर २ हजार ७८६.४० को बिन्दुमा पुगेको हो ।

यसदिन ३ करोड ५० लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड हाराहारीको कारोबार भएको नेप्सेले जनाएको छ । आज नेप्से परिसूचक तीव्र उतार चढाव हुँदै गर्दा अन्तिम समयमा भने वृद्धि भएर बजार बन्द भएको हो । यसअघि मंगलबार भने सेयर बजार परिसूचक नेप्सेमा १११.९६ अंकको पहिरो गएको थियो ।

बुधबार बैंकिङ, होटेल तथा पर्यटन, हाइड्रोपावर, इन्भेस्टमेन्ट, म्यानुफ्याक्चरिङ, मिचुअल फन्ड र अन्य उपसूचकमा वृद्धि भएको नेप्सेले जनाएको छ । 

यस्तै नेप्सेका अनुसार बुधबार ३ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यस्तै यसदिन सबैभन्दा धेरै चन्द्रागिरी हिल्सको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस