माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्वलक्षित योजनाः कर्जामा छुट

सफल खबर संवाददाता

बुधबार, १२ भदौ २०८१, १५ : ३५
माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्वलक्षित योजनाः कर्जामा छुट

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले आउँदै गरेका नेपालीहरूको ठूला चाडपर्वको समयलाई लक्षित गर्दै एक महिनाका लागि कर्जा सुविधामा छुट गर्ने योजना सञ्चालनमा ल्याएको छ ।

तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजनाअन्तर्गत माछापुच्छ्रे बैंकले घर कर्जा लिने ग्राहकका लागि बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । साथै सोही ग्राहक गाडी कर्जा लिन इच्छुक भएमा बैंकले बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउने छ ।

यसका साथै उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुटसमेत प्राप्त गर्न सक्ने बैंकले बुधवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

 

 

 

त्यस्तै बैंकले १ करोड रुपैयाँसम्मको साना तथा मझौला कर्जाका लागि बेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ  । यसका साथै उल्लेखित कर्जाहरूको सेवाशुल्कमा समेत विशेष सहुलियत प्रदान गरिने बैंकले जनाएको छ । अफरहरू आगामी भदौ ३१ सम्म लागू हुनेछन् ।

‘हरेक क्षेत्र र वर्गका ग्राहकहरूलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका सातवटै प्रदेशमा १६५ वटा शाखा विस्तार गरेको छ,’ विज्ञप्तिमा जनाइएको छ, ‘यस्तै १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।’

 

प्रतिक्रिया दिनुहोस