काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले त्रिभुवन जन माध्यमिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको छ ।आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतको शारदा नगरपालिका वडा नम्बर १५ माल्नेटामा रहेको विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार २०८१ जेठ १६ गते विद्यालयमा आयोजित एक कार्यक्रमका बीच खानेपानीका पूर्वाधार हस्तान्तरण गरिएको छ ।विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानीका अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाएपश्चात बैंकले विद्यालयको अवस्था अवलोकन गरी पूर्वाधार निर्माण गरेको हो ।
२८९ जना विद्यार्थी एवं १८ जना शिक्षक/कर्मचारी कार्यरत विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाइप जडान गरी खानेपानीको व्यवस्था गर्दै आएको थियो ।तर खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाइप जलेर आपूर्ति बन्द हुनेलगायतका समस्या विद्यालयले झेल्नु परेको थियो ।
उक्त समस्यालाई मध्यनजर गर्दै बैंकले स्थायी रुपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्याङ्की निर्माण गरेको हो ।साथै विद्यालय परिसरमा धाराको निर्माण गरेर उक्त निर्माण गरिएका पूर्वाधारहरू विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
बैंकले झण्डै २ महिनाको समय लगाएर उक्त पूर्वाधारहरू निर्माण गरेको हो ।बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघसंस्थासँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ जेठ २०८१, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव
माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्वलक्षित योजनाः कर्जामा छुट
एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्ममार्फत भुक्तानी गर्ने सुविधा
माछापुच्छ्रे बैंकद्वारा डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण
माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरूलाई स्वीटर वितरण