एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्ममार्फत भुक्तानी गर्ने सुविधा

सफल खबर संवाददाता

आइतबार, ०९ असार २०८१, १३ : २६
एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्ममार्फत भुक्तानी गर्ने सुविधा

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्न सम्झौता भएको छ ।सम्झौता पत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।​

एनसेसलले अन्य सुविधासहितको मोबाइलमा डेटा सकिएपछि ब्यालेन्स नकाटिने ‘सधैं अन’ योजना ल्याएको छ ।सम्झौताअनुसार अब माछापुच्छ्रेमा आफ्नो खाता भएका एनसेलका ग्राहकले मोबाइल बैकिङ्ग एप एमबीएल एम–स्मार्टको​ ​check outसर्भिस प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्जका साथै सेवा, सुविधाहरू खरिद गर्दा भुक्तानी गर्न सक्नेछन् ।

यसैगरी एनसेलका वितरक तथा खुद्रा बिक्रेताहरूले पनि रिटेलर्स एपमार्फत सिधै माछापुच्छ्रे बैंकको खातामा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्नेछन् ।यस सम्झौताले ग्राहकको डिजिटल यात्रालाई सहज बनाउँदै सधैं अन रहन सहयोग गर्ने विश्वास दुवै कम्पनीले लिएका छन् ।​

एनसेल एपमा अन्य सुविधाहरू पनि रहेका छन् । जसले ग्राहकहरूलाई देशभित्र मात्र नभई देश बाहिर रोमिङमा रहँदा पनि सुविधा प्रदान गर्नेछ ।माछापुच्छ्रे बैंक नगदरहित बैंकिङ्गलाई बढावा दिँदै पहिलो डिजिटल स्मार्ट बैंकको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यका साथ निरन्तर अगाडि बढिरहेको छ ।

फरक-फरक माध्यममार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकका लागि नवीन उत्पादन र सेवा ल्याउन सधैं तत्पर रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस