स्पेनिस ला लिगा : बार्सिलोनाको तेस्रो जित

एजेन्सी

बुधबार, १२ भदौ २०८१, ०८ : ४७
स्पेनिस ला लिगा : बार्सिलोनाको तेस्रो जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले लगातार तेस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा रायो भालेकानोलाई २–१ गोल अन्तरले हराउँदै बार्सिलोनाले तेस्रो जित निकालेको हो ।

बार्सिलोनाको जितमा डानी ओल्मो र पेड्रीले एक–एक गोल गरेका थिए । रायो भालेकानोका उनै लोपेजले एक गोल गरेका थिए । उनले खेलको नवौँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर खेलको ६०औँ र ८२औँ मिनेटमा पेड्री र ओल्मोले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

यो जितसँगै बार्सिलोना तीन खेलबाट ९ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको छ । रायो भालेकानो ४ अंकका साथ आठौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस