सेयर बजारमा पहिरो, इन्डेक्स २७ सयमा झर्‍याे

सफल खबर संवाददाता

मंगलबार, ११ भदौ २०८१, १५ : ३५
सेयर बजारमा पहिरो, इन्डेक्स २७ सयमा झर्‍याे

काठमाडौं । मंगलबार ९भदौ ११० सेयरबजारमा पहिरो गएको छ । इन्डेक्स २७ सय विन्दुमा झरेको छ ।२८९९.९८ विन्दुबाट आजको कारोबार शुरु भएको थियो । बन्द हुने बेलासम्म २७८२.६० बिन्दुमा पुगेको छ । आज १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजार १११.९६ अंकले घटेको हो ।

आइतबार पनि सेयर बजार प्रभावित भएको थियो । नेप्से सूचक ७९.८८ विन्दुले घटेर २८९४.५७ अंकमा आएर अडिएको थियो । अल्पकालीन कारोबारीले नाफा बुक गर्दा बजारमा बिक्री दबाब परेको अनुमान गरिएको छ ।

यसअघि करिब डेढ महिनाकै अवधिमा सूचक भन्डै १ हजार अंकले बढेको थियो । कतिपय फण्डामेन्टल कमजोर भएका कम्पनीको मूल्य पनि उचालिएको थियो । बजार बढ्दै गएपछि ट्रेडरहरु प्रोफिट बुक गर्न तिर लागेको देखिन्छ ।

घटेको बजारमा तारगाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त वित्तिय संस्था र दोल्ती पावर कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । ३३० कम्पनी सामेल भएको आजको कारोबारमा ४ करोड ३८ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्रि भएको छ ।

प्रतिक्रिया दिनुहोस