बागलुङको पञ्चकोटलाई अन्नदान क्षेत्र बनाइने

रासस

सोमबार, १० भदौ २०८१, ११ : ४९
बागलुङको पञ्चकोटलाई अन्नदान क्षेत्र बनाइने

बलेवा (बागलुङ) । पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माणसँगै अन्नदान क्षेत्र पनि सञ्चालन गरिने भएको छ । शनिबार बसेको विश्वशान्ति गण्डकी महासभाले अन्नदान क्षेत्र बनाउने निर्णय गरेको हो । महासभा बैठकले अन्नदान क्षेत्र बनाउने तयारी गरेको पञ्चकोटधाम व्यवस्थापन समितिका महासचिव माधव उपाध्यायले जानकारी दिए।

 इन्द्रनाथ आचार्य संयोजक रहेको समितिमार्फत यो कामलाई थालनी गरेर सञ्चालनमा ल्याइनेछ । “मुक्तिनाथ जाने भक्तजनलाई यहाँ आएर बस्ने र निःशुल्क भोजन गर्ने व्यवस्था हुनेछ”, पञ्चकोटधाम व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ आचार्यले भने, “पूर्वाधारलाई व्यवस्थित बनाउने, आमनागरिकको भरोसाको केन्द्र पनि बनाइने छ ।” 

प्रतिक्रिया दिनुहोस