नेपालगन्जमा छाडा पशु चौपाया व्यवस्थापन सुरु

सफल खबर संवाददाता

शनिबार, ०८ भदौ २०८१, १६ : २४
नेपालगन्जमा छाडा पशु चौपाया व्यवस्थापन सुरु

बुटवल । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाले नगरमा छाडा छाडिएका पशु चौपाया व्यवस्थापन गर्न थालेको छ । जथाभावीरुपमा पशु चौपाया छाडा छाडिदिँदा दुर्घटनाको जोखिम बढेपछि व्यवस्थापन गर्न थालिएको नगरपालिकाले जनाएको हो ।

शनिबारदेखि नगरका छाडा पशु चौपायालाई धपाउँदै काञ्जीहाउस लैजान थालिएको छ । छाडा छाडिएका ६४ वटा पशु वडा नम्बर २१ बिर्तास्थित काञ्जीहाउसमा लगिएको नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीले जानकारी दिए ।

तीमध्ये गाई गोरु ५२ वटा र घोडा १२ वटा छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा नगर प्रहरीले नगरका विभिन्न स्थानमा छाडा छाडिएका पशु चौपाया एकत्रित गरेर काञ्जीहाउस पुर्‍याएको हो ।

नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले आ(आफ्ना पशु चौपाया घरमै बाँध्न आग्रह गर्दे पशु चौपाया छाडा छाडेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिए । नेपालगन्जमा खुला सीमा नाका कारण पनि छाडा पशु चौपाया व्यवस्थापनमा चुनौती थपिएको छ ।   

प्रतिक्रिया दिनुहोस