काठमाडौं । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले सकरारले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग गठन गर्न ढिलाइ गर्न नहुने बताएका छन ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पाबिरएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल बोल्दै उनले यस्तो बताएका हुन।
उनले संघीय संसदका दुवै सदनबाट पारित भइसकेपछि राष्ट्रपतिबाट दस्तखत भएसँगै आयोग गठनको काम शुरु हुनुपर्ने बताए । उनले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग तथा सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउन ढिलाइ गर्नु नहुने बताए । उनले विधेयक पारित गर्नु मात्रै ठूलो कुरा नभएको भन्दै पारित भइसकेपछि पनि धेरै चुनौतिपूर्ण कामहरु रहेको बताए । सांसद श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरण, विकास समृद्धिको दिशामा सबै राजनीतिक दलहरु एक हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ भदौ २०८१, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यवस्थाविरोधी शक्तिहरू सुनियोजित र व्यवस्थित रूपमा अघि बढेको देखिन्छ : नारायणकाजी श्रेष्ठ
चेकमा गलत रकम लेखेकै आधारमा अनादरको मुद्दा दर्ता गर्न हुँदैन् : नारायणकाजी श्रेष्ठ
पानी जहाज चढ्ने टिकटको वैधानिकता सकियो ? भन्दै नारायणकाजीले संसदीय समितिमा उठाए प्रश्न
झापाको घटनाप्रति क्षमा चाहन्छु : नारायणकाजी श्रेष्ठ
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चितवनमा
माओवादी संविधान संशोधनको पक्षमा छ : उपाध्यक्ष श्रेष्ठ