काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ६.०१ अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ६.०१ अंकले बढ्दै २९७४.४६ विन्दुमा उक्लिएको हो ।
अघिल्लो दिन नेप्से सूचक २.११ अंकले बढ्दै २९६८.४४ विन्दुमा अडिएको थियो । बुधबार १८ अर्ब ५४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार कारोबार केही बढ्दै १९ अर्ब १६ करोड ६ लाख रुपैयाँ बराबरको भएको छ ।
आज सबैभन्दा बढी साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १ अर्ब ३ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको ४७ करोड ४७ लाख ८ हजार रुपैयाँ बराबरको र हिमालयन रिइन्स्योरेन्सको ४४ करोड ८० लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै बिहीबार १३२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ कम्पनीको मूल्य घटेको छ । तीन वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।आज बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर र म्युचुअल फन्ड समूहको उपसूचक बढेको छ भने बाँकी अरू समूहेको उपसूचक ऋणात्मक भएका छन् ।
आज तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योतिविकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक र थ्रिस्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने एसबीएल डिभेन्चरको मूल्य १० प्रतिशतले नै घट्न पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ भदौ २०८१, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता १.९४ प्रतिशत बढ्यो सेयर बजार
२०८२ को पहिलो कारोबार दिन बढ्यो सेयर बजार
नेप्से परिसूचक आठ अङ्कले घट्यो
सेयर बजार २६७० अंकमा
बढ्यो सेयर बजार
३.४४ अंकले घट्यो सेयर बजार