धनगढी । कैलालीको भजनी नगरपालिका क्षेत्र जलमग्न भएको छ । ९ वडा रहेको भजनी नगरपालिकाका मात्रै ५ हजार घरधुरी डुबानमा परेका हुन् ।
भजनी नगरपालिका– ३ का वडाध्यक्ष समेत रहेका नगर प्रवक्ता विक्रम चौधरीले नगरपालिकाको वडा नं. ३, ८, ५, ७, ९, २ को मोहनपुर, पल्टुपुर, तीनघरुवा, वडा नं ४ को बिजुलिया, झल्झलिया, खैलाड, कुडी गाउँ डुबानमा परेको जानकारी दिए ।
बिहीबार बिहानैदेखि भजनी नगरपालिकास्थित काँढा, पथरैया, कान्द्रा र मोहना नदीमा आएको बाढी बस्तीमा पसेपछि ५ हजार घरधुरी डुबानमा परेको प्रवक्ता चोधरीले बताए। जसमध्ये करिब ९ सय घरधुरीलाई सुरक्षित स्थानमा सारिएको चौधरीले बताए । नदीमा पानीको सतह बढ्दै गएकोले विस्थापितको संख्या बढ्दै जाने उनको भनाइ ।
वडाको जनप्रतिनिधि, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले बिहानैदेखि उद्धारको कार्यमा खटिएका छन् । भजनी क्षेत्र वर्षेनी डुबानमा पर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ भदौ २०८१, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा साढे २० क्विन्टल चिनी बरामद
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
कैलाली र कञ्चनपुरको साढे ५ हजार हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ सुविधा
कैलालीमा पाटे बाघ मृत भेटियो