सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

सफल खबर संवाददाता

बुधबार, ०५ भदौ २०८१, १० : ५३
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।बुधबार सुन तोलामा ८ सयले बढेर एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मुल्य १ लाख ५२ हजार २ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस