चितवन। पहिरोले अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान ६ः३५ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको छ । मशिन तयारी अवस्था रहेको र पानी रोकिएपछि पहिरो पन्छाइने निरीक्षक भण्डारीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ भदौ २०८१, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पृथ्वीराजमार्ग आजदेखि साढे चार घण्टा बन्द
अवरुद्ध पृथ्वीराजमार्गमा यातायात सञ्चालनमा