काठमाडौँ । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष तथा प्रवास समिति मध्यपूर्व इन्चार्ज पम्फा भुसालले कांग्रेस–एमालेको गठबन्धन सरकारले प्राप्त उपलब्धिलाई समाप्त पार्ने षड्यन्त्रमा लागेको आरोप लगाएकी छिन् । नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियामा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै त्यसतर्फ सतर्क रहन आग्रह गरिन् ।
‘अहिलेको सरकारले सङ्घीयता खोस्ने तरिकाबाट अगाडि बढेको छ । समानुपातिक समावेशी प्रणाली समाप्त पार्ने, बहुदलीय प्रणाली समाप्त पर्ने गरी अगाडि बढेको छ’, उनले भनिन्, ‘जबजको सिद्धान्त बोकेको एमालेले पार्टी सिद्धान्तविपरित दुई दलीय व्यवस्था लागू गर्न खोजिएको छ । भ्रष्टाचारलाई ढाकछोप गर्न रातारात बिचौलियाको घरमा सम्झौता गरेको छ । अधिकार खोस्ने षड्यन्त्र हुँदैछ तपाईँहरू सचेत रहनोस् ।’
उनले राजनीति र व्यवस्थामा परिवर्तन भए पनि कर्मचारी संयन्त्र तथा न्यायपालिका परिवर्तन हुन नसक्दा व्यवहारिक कार्यान्वयनमा समस्या आएको बताइन् । सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्ष, समावेशी सबै माओवादीको एजेन्डा भएकाले कार्यान्वयनमा सबैले इमानदारिता देखाउनुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ भदौ २०८१, १४ : १२
लेखकबाट थप