काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजनासम्बन्धी राजनीतिक दस्तावेजलाई अन्तिमरूप दिन समाजवादी मोर्चाको सचिवालय बैठक आइतबार बस्ने भएको छ । प्रचण्ड नेतृत्वको सरकार ढलेपछि साउन १ गते पहिलोपटक बसेको मोर्चाको बैठकले समीक्षात्मक राजनीतिक दस्तावेज तयार गरी १५ दिनभित्र बुझाउन निर्देशन दिएको थियो ।
सोही विषयलाई टुंग्याउन नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा सचिवालयको बैठक बस्न लागेको सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिए । ‘दस्तावेज तयार भइसकेको छैन । यसलाई अन्तिमरूप दिन दिउँसो सचिवालयको बैठक बस्दैछ’, रातोपाटीसँग श्रेष्ठले भने ।
दस्तावेज तयार नहुँदा १५ दिनमा बस्ने भनिएको मोर्चाको बैठक एक महिनापछि पनि बस्न सकेको छैन । यद्यपि बैठकको एजेण्डा तय गर्न मोर्चाका संयोजक समेत रहेका नेत्रविक्रम चन्द विप्लवले शीर्ष नेताहरूलाई भेट गरेका छन् ।
उनले पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र माधव नेपालसँग भेटवार्ता गरिसकेका छन् । बैठक बस्ने सम्बन्धमा शीर्ष नेताहरूसँग परामर्श भइरहेकाले केही दिन ढिलाई हुने विप्लवका सचिवालयले जनाएको छ । यसअघि एकीकृत समाजादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गरी संविधान संशोधन र भ्रष्टाचारविरुद्ध सदन र सडकबाट दबाब दिने योजना बनाउने निर्णय गरेको थियो ।
मोर्चाबाट उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टी जसपा बाहिरिएपछि नेसपा यादव समुह भित्रिएको छ । कार्यदलमा नेसपाबाट श्रेष्ठसहित माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र नेकपाबाट खड्कबहादुर विश्वकर्मा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ भदौ २०८१, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माघ २४ गते काठमाडौँमा विरोध सभा गर्ने समाजवादी मोर्चाको निर्णय
आलोकनगरमा समाजवादी मोर्चाको बैठक
समाजवादी मोर्चाको वृहत् अन्तरक्रिया कार्यक्रम आज
समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा बृहत कार्यक्रम गर्ने
६ महिनापछि पहिलो पटक समाजवादी मोर्चाको बैठक आलोकनगरमा
समाजवादी मोर्चाको बैठक बस्दै